गौतमका चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण, भेटघाट बन्द



काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण भएको छ ।

गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विश्वमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए । योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्