ग्लोबल युथ क्लवद्धारा दशैमिलन कार्यक्रम सम्पन्न, विकृती रहित चार्डपर्व मनाउन सुझाव



देउखुरी टुडेकर्मी, भालुवाङ १ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको ग्लोबल युथ क्लवले शनिवार दशैमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । हिन्दुहरुको महान् चाड विजयादशमीको अवसरमा शनिवार दशैको पहिलो दिन घटस्थापनाका दिन क्लवले दशैमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

क्लवका अध्यक्ष रमेशप्रसाद कडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य श्यामलाल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दशै तिहार जस्ता महत्वपुर्ण चाडपर्वलाई विकृती रहित तरिकाले मनाउन सुझाव दिएका छन् । साथै वक्ताहरुले चाडपर्वका अवसरमा हुन सक्ने चोरी डकैती तथा हिंसात्मक गतिविधी हुन नदिन क्लवले पनि भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

उनीहरुले चाडपर्व मनाउँदा आफ्नो औकात हेरेर मात्र मनाउन र कोरोनाबाट बच्न सुरक्षा मापदण्ड अपनाउन पनि सुझाव दिएका छन् । क्लवकी उपाध्यक्ष पवित्रा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक मोहन पौडेल, क्लवका सल्लाहकार तथा देउखुरी टुडेका प्रकाशक÷ सम्पादक सन्तोषकुमार गुप्ता, समाजसेवी अजितविक्रम शाह, क्लवका कोषाध्यक्ष चन्द्रमणी ज्ञवाली (विशाल), सदस्यहरु हेमराज अधिकारी, मालती गौतम, सुशिला आचार्य र युवा आस्था पुन लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्