लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा महिला हिंसा विरुद्ध दोस्रो चरणको प्रर्दशन



बलत्कारीलाई कडा कारवाहीको माग

ओमप्रकाश गुप्ता, भालुवाङ १ कार्तिक । राष्ट्रसेवक युवाहरूको पहलमा महिला हिंसा विरुद्धको दोस्रो चरणको शान्तिपुर्ण प्रर्दशन शनिवार दाङ सहित १७ वटा जिल्लामा गरिएको छ । यसै क्रममा लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा १ भालुवाङ पुल्चोकमा शान्तिपुर्ण प्रर्दशन गरिएको छ ।

कालो ड्रेसमा सजिएका युवतीहरुले अनुहार बिगारेर प्रदर्शनमा उत्रिएका हुन् । इच्छुकचोकमा जम्मा भएका युवा युवतीहरुले महिला हिंसा अन्त्य गर, बलत्कारीलाई कडा कारवाही गर, चुप लागेर नबस सरकार, नारीहरुलाइृ सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लगाउँदै पुलचोक बजार परिक्रम गरि इच्छुक चोकमा आई सभाको आयोजना गरेका थिए । सभालाई सम्बोधन गर्ने बक्ताहरुले बलत्कारीलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कारवाही नहुँदा सम्म बलात्कारका घटना अन्त्य नहुने बताएका थिए ।

आशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षता एवम् देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने युवाहरूले निर्मला पन्त देखि हाल सम्मका बलात्कार घटनामा पिडितहरूले न्याय नपाएको, पिडकलाई राज्यका ठेकेदार तथा आसेपासेहरूले उन्मुक्ति दिने गरेको तथा संरक्षणमा राखेका कारण बलात्कारका घटना दिनहुँ बढीरहेको आरोप लगाएका थिए ।

साथै उनीहरूले संविधानमा भएको कानुन कार्यन्वयन नहुँदा पनि महिला हिंसाका घटनाहरू बढिरहेको बताएका थिए । विरोध सभा कार्यक्रममा देउखुरी टुडेका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, बैनित्व नेपालका दाङ जिल्ला अध्यक्ष पवित्रा विक, युवा अन्शु बोहरा लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन आशाका किरणहरू नामक संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्