अध्यादेश आजै जारी गर्ने ,नगर्नेबारे राष्ट्रपति कार्यालयमा छलफल



सैघाली खबर,
काठमाडौं १४ पुस । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आजै जारी गर्नेरनगर्नेबारे राष्ट्रपति कार्यालयमा अहिले छलफल जारी छ। राष्ट्रपति कार्यालयका एक अधिकारीेले दिउँसो १२ बजेसम्म अध्यादेश जारीबारे टुंगो लाग्ने सेतोपाटीलाई जानकारी दिए।

‘घनिभूत छलफल भइरहेको छ, दिउँसो १२ बजेसम्म टुंगो लाग्छ,’ ती अधिकारीले भने।

अध्यादेशका विषयमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेकी थिइन्।

सरकारले दुई महिनाअघि एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत् राष्ट्रिय सभाको चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो।

पछिल्लो समय एमालेले राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय आधारमा नभई बहुमतीय आधारमा हुनुपर्ने बताउँदै आएको थियो। मन्त्रिपरिषद्ले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्ने संवैधानिक अधिकार नभएकाले तत्काल अध्यादेश जारी हुनु पर्ने सरकारको अडान थियो।

मंसिर १० र २१ गतेको चुनावबाट राष्ट्रिय पार्टी बनेका ५ दलमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम सुरुदेखि नै एकल संक्रमणीय आधारमा चुनाव हुनु पर्ने पक्षमा थिए। पछिल्लो समय माओवादी केन्द्र पनि एकल संक्रमणीय प्रणालीका पक्षमा उभिएको थियो।

अन्य सबै दल एकल संक्रमणीयका पक्षमा उभिएपछि एमाले पनि यही कारण राजनीतिक गतिरोध लम्ब्याउन नहुने निष्कर्षमा पुगेको छ।

दलहरुबीच सहमति नभएको भन्दै राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको थिएन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्