स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित



काठमाडौँ– स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको हो ।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्