उदयपुरमा स्कारपियो दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते



उदयपुर /०२ कात्तिक।
उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षीय कर्ण सार्की रहेका छन् भने अन्यको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकाहरुको कटारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्कोर्पियो सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल खसेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्