६ काेठे आर.सि.सि भवन तथा शिलालेख गाउँपालिका अध्यक्ष वली द्धारा रिवन काटेर उदघाट



गाेविन्द मा.वि विद्यालय त्रिवेणी ७ दुम्लाकाे ६काेठे अार.सि.सि भवन तथा शिलालेख गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले रिवन काेटेर उदघाट गर्नु भएको छ।विद्यालयकाे भवन निर्माण भएपछि अभिभावक ,शिक्षक र विद्यार्थीहरु खुसि भएका छन्।

विद्यालय भवन उदघाटन गर्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले शिक्षा एउटा जीवनकाे मार्गदर्शन गर्ने अाधारशिला हाे त्यसकारण स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको र भवन निर्माणमा अार्थिक एवम् भाैतिक रुपमा सहयोग पुर्‍याउने सहयोगी दाताहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भयाे। साथै विद्यालयलाई अार्थिक तथा भाैतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुकाे बिवरण शिलालेख अनावरण समेत गरिएको छ।

उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्त कुमार वली,नि प्रशासकीय अधिकृत हेमराज उपाध्याय, वडा न ७का वडा अध्यक्ष भान बहादुर घर्ती शिक्षा, अधिकृत अमृता बुढाथोकी ,प्रशासन अधिकृत सानुबावु खड्का प्रा.स लिला घर्ती लगाएत जनप्रतिनिधिहरु, समाजसेवी ,राजनीतिज्ञ,सहयोगी दाताहरु,शिक्षक, अभिभावक अन्य बिद्यालयका प्र.अ, विद्यार्थीहरकाे उपस्थिति रहेको थियोे भने कार्यक्रमकाे सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर बिकले गर्नु भएको थियोे ।

विद्यालय भवन निर्माण कार्य समयमै सम्पन्न भएपनि काेभिड१९ काे महामारीले गर्दा भवन उदघाटनमा ढिला भएकाे र अाज असाेज ३० गते उदघाटन गरिकाे विद्यालय प्र.अ नर बहादुर वलीले बताउनु भयाे ।विद्यालय भवन निर्माणका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय प्रदेश सरकार र त्रिवेणी गाउँपालिका राेल्पाले सरकारले 32लाख, समुदायहरुको श्रमदानबाट १६लाख प्रत्यक्ष अार्थिक सहयोग अभिभावकबाट ८लाख२५हजार १सय ९०रुपैयाँ गरी जम्मा ५६लाख२५हजार 1सय ९०रुपैयाँकाे लागतमा भवन निर्माणभएको हाे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्