चिसोमा धेरै प्रकारको स्वास्थ्य समस्या हुन्छन तर चिन्ता नलिनुस घरेलु उपचार गर्ने यस्ता छन तरीका



चिसो बढेको छ । काठमाडौंको तापमान पनि ओह्रालो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको भन्दै मौसमी तापमान थप घट्ने जनाएको छ ।

चिसो मौसममा खासगरी वालवच्चा, सुत्नेकरी, गर्भवती, बुढाबुढी, रोगीहरुलाई समस्या हुन्छ । चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुँघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ । त्यसैले चिसोमा स्वास्थ्य बचाउन विशेष सावधानी अपनाउनु पर्छ ।

 

यो मौसममा वाह्य वातावरणसँग शरीरको तापमान सन्तुलन राख्न केहि प्राकृतिक विधी अपनाउनु पर्छ । जस्तो कि,

१. तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने ।

२. न्यानो लुगा लगाउँने ।

३. घर(कोठालाई न्यानो राख्ने ।

यद्यपी के कुरामा पनि ख्याल गर्नुपर्छ भने, घर कोठा न्यानो राख्ने भन्दैमा झ्याल ढोका बन्द गरेर हिटर ताप्ने, आगो बाल्ने गल्ती गर्नु हुँदैन । घर(कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था भने हुनुपर्छ ।

चिसोबाट बच्ने घरेलु विधी

केही घरेलु उपायहरु छन्, जसले चिसोको स्याहरुबाट सजिलै जोगिन सकिन्छ । यहाँ चिसो मौसममा लाग्न सक्ने १० रोग र तिनीहरुको सहज उपचारबारे उल्लेख गरिएको छ ।

चिसोमा कब्जियत भए के गर्ने

चिसो मौसममा कब्जियतको समस्या हुन्छ । खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ । यसबाट बच्नका लागि पानी अत्यधिक पिउनुपर्छ । भोजनपछि जीराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।

चिसोले टाउको दुखे के गर्ने 

मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ । यो सजिलैसँग कम हुँदैन । यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस । यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ ।

चिसोले छाला तथा ओंठ फुटे के गर्ने 

जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो । फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ । यसल ओठको त्वचा नरम र मुलायम पनि हुन्छ ।

चिसोले कुर्कुचा फुटे के गर्ने 

चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या पनि अत्यधिक हुन्छ । यस्तो भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ ।

चिसोले छातीमा कफ जमे के गर्ने

जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ । यसको समाधानका बेसार(पानी पिउनुस । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ ।

चिसोले रुँघा ज्वरो आए के गर्ने 

धेरै रुँघा लाग्यो भने ज्वरो पनि आउन सक्छ । यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदीनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ ।

चिसोमा जोर्नी दुखे के गर्ने 

चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस । यसबाट दुखाईमा राहत मिल्छ ।

तोरीको तेलमा ३(४ लसुनको कल्ली हालेर पकाउनुस र चिसो भएपछि यसले मालिस गर्नुस । यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्