असई गोविन्द बिकको हत्यारालाई कारबाहीको माग गर्दै आफन्तद्धारा प्रहरी कार्यालय घेराउ



धनबहादुर बिक – आईतबार कार्तिक २
कैलाली ।धनगढी उपमहानगरपालिका १२
जुगेडामा कार्यरत असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन ।
कंचनपुरको पुनर्बास नगरपालिका ८ ‘ख’ गाउँ स्थायी घर भएका २८ बर्षिय बिकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै कंचनपुरबाट पुगेका आफन्त र स्थानीयहरुके जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका छन ।
डिउटीको सिलसिलामा शनिबार राती देखि बेपता बिकको भोलिपल्ट आइतबार धारिलो हतियारले घाटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका १० स्थित मोहना खोलामा डुबेको अवस्थामा शव फेला परेको छ ।
घटना संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । असइ संगै गएका प्रहरी जवान राम बहादुर साँउदको भने अझैसम्म केहि पत्ता लाग्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्