दाङ महिला जेसिसद्वारा हत्या र बलात्कार घटना बिरूद्ध बृहत र्याली प्रदर्शन



धनबहादुर बिक, दाङ
देसैभरि श्रीङ्खलाबद्ध हत्याको बिरोधमा   आइतबार  लुम्बिनी प्रदेश दाङ तुलसिपुरमा दाङ महिला जेसिसले बृहत मौन र्यालि र कोणसभा कार्यक्रम गरेको छ ।
महिला बलात्कार तथा हत्या हिंसा बन्द गर , महिला रक्षाको ग्यारेन्टी गर , नारि रक्षा पालना गर जस्ता प्लेकार्ड सहित तुलसिपुर देखि निकालिएको शान्तिपूर्ण मौन र्यालि दामोदर चोक हुँदै बिपि चोकमा पुगि कोणसभामा परिणित भएको थियोे ।
दाङ महिला जेसिस अध्यक्ष जिवा भुषाल को अध्यक्षतामा अायोजित र्यालि तथा कोणसभामा , महिला मानव रक्षक सञ्जाल केन्द्रीय सचिव लक्ष्मि अाचार्य , अन्तरपार्टि महिला सञ्जाल अध्यक्ष सुशीला न्यौपाने , नेपाल दलित मुक्ति अभियान केन्द्रीय केन्द्रीय सदस्य निर्मला बिक , भुमि अधिकार मञ्च प्रदेश कोषाध्यक्ष रचना कुमाल , दाङ उधोग बाणिज्य संघ सदस्य बिन्दु हमाल तथ जेसिसका बिध्यार्थि लगायत को सहभागीता रहेको थियो ।
पछिल्लो चरणमा देशैभरि श्रीङ्खलाबद्ध नारी बलात्कार र हत्या हुँदै अाईरहेपनि सरकारले अपराधीलाई कार्वाही गर्ने बिषयमा खासै उत्तरदायी नभएको गुनासो गर्दै बलात्कार हत्या जस्ता जघन्य अपराधप्रति सरकारले छुट्टै बिधेयक बनाई अपराधीलाई कडाभन्दा कडा कार्वाही गराउनु पर्ने बिषयमा र्यालिमा सहभागी विभिन्न अधिकारवादी मअहिलाहरूले जोड दिएका थिए । कार्यक्रम को सञ्चालन दाङ महिला जेसिस महासचिव संगिता गिरिले सञ्चालन गर्नुभएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्