अष्ट्रियाको राजधानीमा नेपाली महिलाद्धारा आफ्नै तीन छोरा छोरीको हत्या



काठमाडौं /०३ कात्तिक।
अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको हत्या गरेकी छिन। बागलुङ घर भई अष्ट्रियामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षीया छोरी भने जीवितै थिइन् तर, उपचारका लागि अस्पताल पुर्याउँदा उनको पनि मृत्यु भइसकेको थियो । उक्त महिलाले छोरा–छोरीको हत्या गरिसकेपछि आफै पनि हत्या गर्न लागेकी प्रहरीलाई बयान दिएकी छन् ।

बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि आफन्तले चिनेजानेको आधारमा बुटवलकी २१ वर्षीया भट्टराई थरकी उक्त युवतीलाई विद्यार्थी भिसामा अष्ट्रिया ल्याएर सन् २०१० मा विहे गरेका थिए ।

गत अक्टोवर ३ मा श्रीमान–श्रीमती संगै भएर तीन वर्षीया छोरीको जन्मदिन समेत मनाएका बताइएको छ । यस घटनाको मुख्य कारण अझैँ पनि स्पष्ट नभएको भियना प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्