राज कुमार कार्कीको लोक छ्न्द कविता “भरोसा”



“भरोसा”

दुई दिनको जिन्दगीको केहि भरोसा नै रहेन।
मर्ने बाच्ने के के होला जीवनमा थाहै भएन।।
के के भोग्न लेखेको नै रहेछ है मैले फेरि ।
मेरो आयु मेटिदैछ जीवन नै भो आखिरी ।।
भरोसा नै गरे मैले ईश्वर माथि धोका भो ऐले।
चिन्न सकिन ईश्वर मैले मन्दिरमा घण्टी बजाए।।
कोरोना नै किन बनायो मानवले मर्नलाई ।
पाप गर्‍यो तेसले फेरि बाटो छैन तर्नलाई ।।
भरोसा गरे जनताले गणतन्त्र माथि फेरि ।
संघीयता भयो ऐले गाड माथिको तिलहरी।।
खान नपाइ जनताहरु भोकभोकै सब मर्ने ।
सर्प भ्यागुता पाल्न रकम विनियोजन किन गर्ने।।
सिङ्गापुर नै बनाउछु भनि सबले भाषण गर्ने ।
बजेट नै आउदछ नेपालमा कनिका छर्ने ।।
कस्तो मतदान नै गरियो नातागोता मात्रै चिन्ने ।
सवार छन् जोडी- जोडी जनताहरु भोकै हिड्ने।।
मत हालेउ सबले फेरि पार्टी पार्टी नै छानेर ।
भाषण गर्थे बनाउछौ है स्विट्जरलैंड नै पो भनेर।।
भाषण गर्थे सबले है गाउँटोलमा आउदैछ रेल।
भोकै मर्दैछ्न् जनताहरु मतदान भयो फेल ।।
अब केहि होला भनि जनताहरु आस गर्ने ।
यस्तै चाल मात्र रहे कसरीपो सास फेर्ने ।।
छैन कसैमा पनि अब केहि आस र भरोसा ।
बसेकाछन् घर-घर सब बारी खनी करेसा ।।
गर्दैछन् है घर घरमा सब मिली दुर्गा पूजा ।
फेरि पनि चुनाव नै आउदैछ सबले बुझ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्