दसैँ भत्ता फिर्ता गर्ने विपक्षीको निर्णय, सत्तापक्षले पनि निर्णय गर्दै



काठमाडौं /०२ कात्तिक।
दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएपछि दबाबमा आएका प्रमुख राजनीतिक दलले अब रकम फिर्ता गर्ने भएका छन् ।

कांग्रेसले आफ्ना सबै सांसदको खातामा दसैँ भत्ताबापत जम्मा गरेको रकम फिर्ता गर्न संसद् सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरिसकेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलमार्फत भत्ता फिर्ताका प्रक्रिया थाल्न निर्देशन दिइसकेका छन् ।

त्यसैअनुसार कांग्रेस संसदीय दलले संसद् सचिवालयलाई पत्र पठाएर आफ्ना सबै सांसदको दसैँ भत्ताबापतको रकम कट्टा गर्न लागेको छ । नेकपामा पनि यस विषयमा शीर्ष नेताबीच छलफल सुरु भएको छ ।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र जर्जर बनेको र सर्वसाधारण नेपाली दुई छाक खान नपाउने अवस्थामा पुगेको सन्दर्भमा सांसदहरूले दसैँ भत्ता लिने विषयका बारेमा चौतर्फी विरोध भएपछि नेकपाले छलफल थालेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्