युवराज खतिवडालाई राजदूत नबनाउन माग संसदीय समितिमा तीनवटा उजुरी दर्ता



काठमाडौं /०२ कात्तिक।
सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्।

त्यसैगरी, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

समितिले २१ असोजमा १० दिनको समय दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो। प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर, सम्पर्क नम्बर उल्लेख नभएकाले १७ कात्तिकका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्