कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ७ सय ५७ पुग्यो



काठमाडौं /०२ कात्तिक।
कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्