घोराही–धारापानी सडक कालापत्रे , अघि–अघि बन्दै, पछि–पछि उप्किदै



गिरिराज नेपाली
दाङ, १४ पुस । घोराही–धर्ना– धारापानी सडक खण्ड अन्र्तगत निर्माण भईरहेको बबईखोला देखी धारापानी मन्दिर सम्मको साढे सात मिटर सडक निर्माणाधिन अवस्थामै छ । उक्त सडक अघि–अघि कालोपत्रेको काम सकिदै गए पछि पछि–पछि कालोपत्रे भत्कीदै गईरहेको छ । दुईहप्ता अघिदेखी कालोपत्रेको काम सुरु गरे पनि निर्माण सम्पन्न नहुदै कालोपत्रे भत्कदै गईरहेको छ । न्युन स्तरको कालोपत्रे प्रविधि र आवश्यकता भन्दा कम सामाग्रीहरुको प्रयोगले हप्तादिनमै कालोपत्रे उप्किन थालेको छ ।

सुलिकोट निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको उक्त सडक निर्माण सम्पन्न नहुदै भत्कीएकाले सडक डिभिजनले पुनः निर्माणका लागि निर्माण कम्पनीलाई निर्देशन समेत दिएको छ । आर्थिक वर्ष २०७४÷७५ वैशाख ३१ वाट निर्माण सुरु गरी अषाढ १५ मा निर्माण सम्पन्न गरिसक्ने पर्ने सम्झौता थियो । तर निर्माण कम्पनीले तोकिएको म्याद भित्र काम नगरी ढिलै गर्दा समेत गुणस्तरिय काम नगरेको भन्दै सडक डिभिजन, स्थानियबासी , मन्दिर व्यवस्थापन समिति र सडक निर्माण समन्वय समितिले सडक निर्माणको पुनः गर्न माग गरेका छन ।

स्थानिय मदन खनालले निर्माण कम्पनीका ठेकेदार लाई बाटो किन जताततै भत्किएको छ, भनेर भन्दा सधै यो यस्तै हुन्छ भनेर मात्रै जवाफ दिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो–‘ हातले कोट्याउदा, जुत्ता घिर्सादा पनि कालोपत्रे उम्किन्छ । ’ ठेकेदारले खर्च बचत गर्दा सडकको यस्तो अवस्था भएको उहाँले बताउनुभयो । मान्छे हिड्दा गाईगोरु हिड्दा तँ कालोपत्रे उम्किन्छ, कालोपत्रेको काम सकिएपछि मन्दिरमा दैनिक गाडीघोडा आवतजावत गर्दा कालोपत्रेको कालो मात्रै देखिने कुनै आशंका नरहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर शेखर योगीले उक्त निर्माणाधिन सडक प्रिमिक्स कार्पेट प्रविधिको कालोपत्रे गरिएको जानकारी दिनुभयो । एकतह अर्थात एक गिट्टी कालोपत्रे सडक रहेकाले यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । अन्य सडकहरु यही प्रविधिको कालोपत्रे गरे पनि यस्तो समस्या देखिएको छैनन । तर यही सडकमा यस्तो समस्या देखिएको त्यो समस्या समाधानका लागि निर्माण कम्पनीलाई भत्किएका स्थानको मर्मत सम्भारका लागि निर्देशन दिएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘ हप्तादिन अघि नै निरिक्षणका क्रममा यस्तो समस्या देखिएका थियो ,त्यतिबेलामा ठेकेदार बनाउन भनेका हौ । ’ निर्माण कम्पनी त्यस्तै काम गरेको हामीले के भन्ने ? हामीले निर्माण कम्पनी संग जवाफ मागेको छौ । निर्माण कम्पनीले चिसो, गाडी पसेर यस्तो भएको हो । यसको तुरुन्तै मर्मत गर्छु भनेर भनेको छ ।
सडक डिभिजनले सडक मर्मतका लागि निर्देशन दिएको हप्ता– दशदिन वितिसक्दा समेत निर्माण कम्पनीले भत्कीएको सडकको मर्मत नगरी निर्माण सम्पन्न गर्ने तयारी समेत गरेको छ । तर सडक डिभिजनले भत्कीएका स्थानको मर्मत सम्भार नगरी सम्झौता नटुङग्याउने ईन्जिनियर योगीले बताउनुभयो । मर्मत गर्नुपर्ने स्थान मर्मत गर्नुपर्छ , पुनः बनाउने ठाउँहरुमा पुनः कालोपत्रे नै गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै पाण्डवेश्वरी धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा सडक निर्माण समन्वय समितिका संयोजक गणेश अधिकारी ठेकेदार कम्पनीले लापरवाही तरिकाले सडक निर्माण गरेको बताउनुभयो । सडक निर्माण सम्पन्न नहुदै हप्तादिन अघि कालोपत्रे गरेको सडक भत्कीयो ठेकेदार साप भन्दा उहाँले कुनै जवाफ नै नदिई चिसोले भत्कीएको हो भनेर मात्रै जवाफा दिएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो –‘ मन्दिर व्यावस्थापन समिति र सडक निर्माण समन्वय समितिले सडक डिभिजन बोलाएर देखायौ । ’ तर ठेकेदारले कुनै हलचल गरेनन । सडक सक्ने काम मात्रै देखेका छन । अधिकारीले भन्नुभयो– ‘ यो भत्किने सडक हामीले बुझ्दैनौ पुनः कालोपत्रे हुनुपर्छ । ’

तर निर्माण कम्पनीका ठेकेदार जित वहादुर गिरीले चिसोका कारण कालोपत्रे उम्कीएको बताउनुभएको छ । कालोपत्रेका लागि सवै निर्माण सामाग्री उच्च गुणस्तरीय प्रयोग गरेर कालोपत्रे बिच्छाएकाले कुनै कन्जुस नगरेको उहाँले बताउनुभयो । नयाँ–नयाँ मजदुरहरु रहेकाले पनि केही प्रविधिक खरावी भएको हुन सक्ने भन्दै ठेकेदार गिरीले भत्कीएका ठाँउमा पुनः मर्मत गर्ने बताउनुभयो ।

७६ लाख ६५ हजार सात सय ४३ रुपैयाँ ७२ पैसा उक्त सडकको लागत रहेको छ । भने ३५ लाख २९ हजार तीन सय ६८ रुपैयाँ निर्माण कम्पनीले निकासा पाईसकेका छ । भने सम्झौता म्याद थप नगरी पुरानै म्यादमा सडक निर्माणको काम भईरहेकाले निर्माण सम्पन्न मितिमै म्याद थप्ने सडक डिभिजनको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्