रेडियो हाम्रो पहुँच एफ एममा कार्यरत सञ्चारकर्मी सुनारमाथि लुटपाट गर्नेलाई कारवाहीको माग



तुलसीपुर ३ कार्तिक । तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच एफ एममा कार्यरत पत्रकार सविता सुनारमाथी भएको लुटपाटको घटनाप्रति हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले दुख व्यक्त गरेको छ । संस्थाले सोमवार एक विज्ञप्ती जारी गरी आइतबार साँझ कार्यालयको काम सकेर घर फर्कने क्रममा सुनारमाथी भएको लुटपाट घटनाको भत्र्सना गरेको छ ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सचिव ऋिषिराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न दोषिको तत्काल पहिचान गरी यथाशिघ्र कारबाहीको माग गरिएको छ । ओम शान्ती चलचित्र अगाडी आईतवार बेलुकी सात बजे अज्ञात समुहले सुनारको साथबाट मोबाईल सहित केहि गरगहना लुटपाट गरेको हो ।

घटना भएको स्थान लुम्बिनी प्रदेश प्रहरी कार्यालय करिब १०० मिटर नजिक यस्तो घटना हुनु लज्जास्पद हो जारी विज्ञप्तीमा भनिएको छ । प्रहरी कार्यालय नजिक पनि नागरिक असुरक्षित हुनुपर्ने भन्दै शान्ति सुरक्षा चुस्त राख्न माग गरिएको छ । विज्ञप्तीमा घटनाका दोषिलाई पहिचान हुन नसके झन् यस्ता घटना बढ्दै जाने भएकाले तत्काल पहिचान गरी कारबाहीको दायरामा ल्याउन स्थानिय प्रशासन संग माग गरिएको छ ।

यसैबिच रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेल र सम्पादक जीतसागर जीएमले पनि घटनाका दोषिलाई कार्बाहीको माग गरेका छन् । समाचार शाखामा कार्यरत पत्रकार सुनारमाथि भएको लुटपाटमा संलग्न दोषिलाई पहिचान गरी कार्बाहीको माग गरिएको हो ।

पत्रकारको टोलीले घटना प्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल दोषि पहिचान गरी कारवाही गर्न माग गरेका छन् । डिएसपी सिंहले घटनाको बारेमा थप अनुसन्धान भईरहेको र दोषी चाडै नै पहिचान हुने आश्वासन दिएका छन् ।

सो अवसरमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, नेपाल पत्रकार महासंघका सहसचिव द्धोय गोकर्ण पौडेल, शर्मीला डिसी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेल, फरक कोण अनलाइनका सम्पादक नारायण खड्का, प्रदेश टुडे दैनिक पत्रिकाका सम्पादक गोपाल शर्मा भट्टराई, रेडियो संजीवनी एफएमका सहस्टेशन म्यानेजर चेतन रेग्मी, राप्ती समाचार दैनिकका सुमन केसी, गणतन्त्र राष्ट्रिय दैनिकका यमकला भुसाल लगाएतेका सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्