राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा गुल्मीको महेन्द्र नमुना मावि द्धितिय



मनु सुनार मनसुन
गुल्मी कार्तिक ०३
लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा रहेको गुल्मीको महेन्द्र नमुना माध्यमिक बिद्यालय राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्धितिय हुन सफल भएको छ । विश्व मुटु दिवस २०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आयोजना गरेको निबन्ध प्रतियोगितामा यस बिद्यालयले दोश्रो स्थान हासिल गर्न सफल भएको हो । देशैभरीका बिद्यालयहरुले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) कहरका कारण भर्चुअल माध्यमबाट निबन्ध प्रतियोगितामा सहभागिता जनाएका थिए ।

जिल्लाको रेसुङ्गा नगरपालिका–१ चिदिचौरमा रहेको यस बिद्यालयमा कक्षा–१० मा अध्ययनरत छात्र सन्देश पौडेलले ‘मन लगाऔँ, मुटु बचाऔँ’ शिर्षकमा निबन्ध लेखन गरि भर्चुअल माध्यमबाट पठाउनुभएको थियो । प्रतियोगिताबाट महेन्द्र नमुना माध्यमिक बिद्यालय नेपालमै दोश्रो स्थान हासिल गर्न सफल भएको हो ।

सोमबार नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आयोजना तथा महेन्द्र नमुना माध्यमिक बिद्यालयको संयोजनमा एक औपचारिक कार्यक्रम गरि केन्द्रबाट प्राप्त भएको नगद रु ५ हजार तथा प्रमाणपत्र द्धितिय स्थान प्राप्त गर्न सफल छात्र पौडेललाई प्रदान गरिएको थियो । त्यस अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखा अध्यक्ष तथा रेसुङ्गा नगरपालिका–१ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले द्धितिय स्थान हासिल गर्न सफल बिद्यालयलाई धन्यवाद दिनुभयो ।

उहाँले आधुनिक सुविधाको प्रयोग, बदलिदोँ रहनसहन, बानी व्यवहारमा आएको परिवर्तन लगायतका कारण नसर्ने रोगमा पनि मुटु रोगी बढ्दै गएको बताउनुभयो । यस रोगबाट बच्नका लागी दैनिक शारीरिक व्यायाम, आहार–विहारमा बिशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो । प्रतिष्ठानले जनचेतनामूलक तथा उपचारात्मक पद्धतिद्वारा सन्देश प्रवाह गरिरहेको सभापति पाण्डेले बताउनुभयो ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखा पूर्व अध्यक्ष शेर बहादुर थापाले यस बिद्यालयको विकासका लागि विभिन्न तवरले योगदान पुर्याएको बताउनुभयो । थापाले आफु सो बिद्यालयको पूर्व बिद्यार्थी भएको उल्लेख गर्दै द्धितिय स्थान हासिल गर्न सफल बिद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखा सदस्य एवम महेन्द्र नमुना माध्यमिक बिद्यालयका निवर्तमान अध्यक्ष चुडामणी पन्थीले मानव जीवनमा मुटुको महत्व र यसलाई स्वस्थ राख्ने बिषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो ।

महेन्द्र नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले बिद्यार्थी जीवनमा आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण अवसर हुने बताउनुभयो । बिद्यालयलाई अझ आगामी दिनमा शैक्षिक रुपमा उत्कृष्ट रुपमा चिनाउन सिङ्गो बिद्यालय टिम लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिष्ठान उपाध्यक्ष धना भण्डारी, सह–सचिव विनोद पाण्डे, सदस्यहरु माधव प्रसाद ज्ञवाली, ढुण्डीराज पोखरेल, महेन्द्र नमुना माध्यमिक बिद्यालयका सहायक प्रधानध्यापक कृष्ण प्रसाद मरासिनी लगायतको समेत आतिथ्यता रहेको थियो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी शाखा सदस्य चुडामणी पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह–कोषाध्यक्ष लक्ष्मी अर्यालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्