म्याद गुज्रिएका जफत सामानहरु नष्ट गरियो



रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ३। गुल्मीदरबार गाउँपालिकाले बजार अनुगमनका क्रममा विभिन्न पसलहरुबाट म्याद गुज्रिएर जफत गरेका सामानहरु नष्ट गरेको छ । असोज १९ गते देखि २६ गते सम्म गाउँपालिकाभित्र रहेका बजार क्षेत्रहरुको गाउँपालिकाले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ५९ वटा पसलहरुबाट म्याद गुज्रिएका सामान जफत गरेको थियो । बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २ सय २१ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ, म्याद गुर्जेका पेन्टहरु, टुथ पेस्टहरू, विद्यालयको १०० मिटरको क्षेत्र भित्रका पसलहरुबाट चुरोट तथा सूर्तिजन्य सामग्रीहरू भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताए । करिब २ लाख बराबरको म्याद गुज्रेका सामग्रीहरु जफत गरिएको पाण्डेले बताए ।

जफत गरिएका सामग्रीहरुको गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्षरु, कार्यपालिका सदस्यहरु गाउँपालिकाका कर्मचारी, उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानीय उपभोक्ता, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, सुरक्षा निकाय, पत्रकार र सर्वसाधरणको रोहबरमा नस्ट गरिएको गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्