रुकुम पश्चिम बाफिकोटमा आगलागि हुदा एक घर जलेर नष्ट



३ कात्तिक,रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोटमा एक घरमा आगलागि हुदा जलेर नष्ट भएको छ । मानविय क्षेति नभए पनि २ लाख बराबरको सम्पति जलेर नष्ट भएको छ । खरले छाएको घरमा सोमबार आगलागि भएपछि २ लाख बराबरको सम्पति क्षेति भएको हो ।

बाफिकोट गाउँपालिका–९ का रुद्रबहादुर वलीको तिनतले घरमा कोहि नभएको अबस्थामा उक्कासी आगलागि भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । खरले छाएको तीनतले घरमा आगलागि भएपछि अस्थायी प्रहरी पोष्ट छिनखेतका प्रहरी सहायक निरिक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिई मानविय तथा पशुचौपायलाई क्षेति हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालयको भनाई रहेको छ ।
आगलागिबाट घरभित्र रहेका भाँडाकुडा, लत्ताकपडा, अन्न लगाएतका सामाग्री जलेर अनुमानित २ लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । आगलागि भएको खबर पाएपछि स्थायी प्रहरी पोष्ट छिनखेतको प्रहरी टोली आगो नियन्त्रणमा लिन तत्काल घटनास्थलमा पुगेको थियो ।कोहि नभएको अबस्थामा घरमा कसरी आगलागि भयो ? भन्ने बिषयमा अहिलेसम्म कारण भने खुल्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्