रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी



बुटवल । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो ।

आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्