कोरोना भाइरसको महामारी फैलिन नदिन स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा



एजेन्सी- कोरोना भाइरसको महामारी फैलिन नदिन स्लोभानियामा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ ।

आजदेखि लगाइएको देशव्यापी कर्फ्यू रातिमा मात्रै लागु गरिएको हो ।

युरोपेली मुलक स्लोभानियामा पछिल्लो समय कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ ।

हरेक बेलुका नौ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागु हुने भएको छ । यस्तै ६ जनाभन्दा बढी व्यक्ति भेला हुन पनि रोक लगाइएको छ । त्यसैगरी कतै हिँडडुल गर्नु परेमा पनि पर्याप्त र अत्यावश्यकता ठहरिने कारण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्