जन्मदिन केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ : विद्यार्थी नेता दिलिप पौडेल



अमृत भट्टराई / विहादी, पर्वत । पर्वतको विहादी गाउँपालीका वडा नम्बर ३ रानीपानीमा एक विद्यार्थी दिलि पौडेल र स्थानिय महिला व्यवसायि लक्ष्मि क्षेत्रिले जन्मदिनको अवसर पारि बिहादी गाउपालिका वार्ड न० ३ रानीपानि अन्तर्गतका ८ वटा बिधालयबाट २,२ जना अति गरिब , बिपन्न र जेहेन्दार बिधार्थी छनोट गरि सानो राशीको शैक्षिक सामाग्री बितरण गरेका छन् ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटी सदस्य राम गिरि,जिल्ला सदस्य अनिल मास्के , गापालिका सचिवालय सदस्य गणेश प्रसाद पराजुली , अाठ वटा बिधालय प्रअ हरू नेपाल ताराका प्रअ कुलप्रसाद पराजुली गणतन्त्र प्रावि का , दुर्गालाल शर्मा सरस्वती प्रावि का जीवलाल पराजुली जनता निमावि , सुर्य बहादुर थापा रानिपानि शिक्षक विशाल पौडेल मातृभुमि प्रावि बिस्नु प्रसाद पराजुली जनचेतना प्रावि का अनिल मास्के अनेरास्ववियू पर्वतका जिल्ला सदस्य दुर्गा भुसाल YCL पुर्व ईलाका अध्यक्ष रामु पराजुली बाल सञ्जाल प्रदेश . स . राजेश परियार सफल युवा व्यसायि तथा नेकपा नेता विस्नु पौडेल युवा नेता नेकपा सुदिप कुवर लगायतका समाजसेवि तथा बुद्धिजीवी हरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक विशाल पौडेलले गरेका थिए ।

विहादीमा धेरैले जन्मदिन मनाएपनि उनीहरूले बिहादिमै पहिलोपटक नया र नौलो तरिकाले बर्थडे मनाएर नजिर बसाल्ने प्रयास गरेकोमा शुभकामना दिएका थिए । जन्मदिन मनाउदै गर्दा विद्यार्थी दिलिप पौडेलले भन्ने मलाई अझै समाजािक काममा प्रेरित गर्नेछ यो साथ र।सहयोगले यो साथको रिजल्ट भोलिदेखिनै मेरो प्रत्येक काममा देखिनेछ साथमा साथ र हातमा हात मिलाएर भोलिका दिनमा पनि मलाई अझै सङ्घरषका मैदानमा होमिदिने काम यो अाजको उपस्थिति ले गरोस बिहादिको बिकास समृद्धि मा अाज सम्म सम्पुर्ण अनेक दुख कष्ट र अनिष्ट का बिरूद्द नेत्रलाल अभागीको कवितामा जस्तैः सतिसाल झै ठिङ्ग उभिएर दिलो ज्यान दिएर लाग्नुभएका कमरेड हरू प्रति उच्च सम्मान गर्दे पाईला पछ्याउने बताए ।

पौडेलले जन्मदिनको अवसर पारि अाफैमा बिधार्थी भएता पनि खाजा खर्च कटाएर बचेको रकम बाट बिहादी गाउपालिका वार्ड न० ३ रानीपानि अन्तर्गतका ८ वटा बिधालयबाट २,२ जना अति गरिब , बिपन्न र जेहेन्दार बिधार्थी छनोट गरि सानो राशीको शैक्षिक सामाग्री बितरण गरेको पौडेलले बताए । कार्यक्रममा स्थानिय महिला व्यवसायि तथा नेकपाकि समर्थक लक्ष्मि क्षेत्रिले पनि अाफ्नो जन्मदिनको अवसर पारि सोही दिन तिनै बिधार्थीहरू लाई शैक्षिक सामाग्री बितरण गर्नु भएको थियो।

यसले अब जन्मदिन पार्टी भोज गरेर मनाउने भन्दा पनि सामाजिक काम गरेर जन्मदिन मनाउने सन्देश दिने बताउँछन् पौडेल ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्