पाल्पामा विप्लवको संगठन विस्तार व्यापकः गरियो अभियानको समिक्षा



तानसेन । भूमिगत नेपाल कम्युनिस्ट पार्टी पाल्पाले गत १५ भदौदेखि सञ्चालन गरेको अभियानको समीक्षा गरेको छ । सो पार्टीका इञ्चार्ज प्रवीणले अभियान उपलब्धिपूर्ण रहेको प्रतिकृया दिए । अभियान अन्तर्गत ३५ वटा जनभेला, ३६५ वटा घरदैलो कार्यक्रम सहित हजारौं जनतामा आफ्नो पार्टीको उद्धेश्यबारे जानकारी दिइएको उनको दावी रहेको छ ।

३ भदौमा विभिन्न दल र असोजमा शिक्षक र बुद्धिजीबीसँग अन्तरक्रिया गरिएको जानकारी पनि इञ्चार्ज प्रवीणले दिएका छन् । उनले सामाजिक दलाल पूँजीवादी सरकारका हरेक कार्यको विभिन्न माध्यमबाट भण्डाफोर गरिएको र पार्टी, सत्ता, जवस र मोर्चाका १४३ वटा नारा वालिङ गरिएको समीक्षा कार्यक्रममा बताए ।

त्यसैगरी पार्टी, सत्ता, जवस र मोर्चाहरूका जिल्ला, नगर, गाउँ र टोलका बैठकहरू प्रशिक्षणात्मक रूपले सम्पन्न भएको बताइएको छ । २७ असोजमा विद्यार्थी र दलितको तिनाउमा संयुक्त प्रदर्शन भएको, तिनाउमा गाउँस्तरको युवा भेला सम्पन्न भएको र अभियान अवधिमा नयाँ जवस र मोर्चाका जम्मा ३५ वटा गाउँ र टोल समितिहरू नयाँ निर्माण गरिएको जानकारी पनि इञ्चार्ज प्रवीणले दिए ।

त्यसैगरी जिल्ला जनपरिषद र अभियान अन्तर्गत अखिल (क्रान्तिकारी) को जिल्ला बैठक र टोल एकाई समिति ८ वटा नयाँ निर्माण भएका छन् । युवा सङ्गठन नेपाल पाल्पा अन्तर्गत गाउँ भेला १ र टोल भेला १५ वटा सम्पन्न गरेर १५ वटा नयाँ टोल समिति निर्माण गरिएको छ ।

दलित मुक्ति मोर्चा नेपाल पाल्पाको बैठक र एउटा नयाँ टोल समिति निर्माण भएको छ । त्यसैगरी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पाल्पाको भेलाद्वारा जिल्ला समिति निर्माण गरिएको छ । ४ वटा नयाँ टोल समिति निर्माण भएको छ ।

त्यसैगरी मगर मुक्ति मोर्चा नेपाल पाल्पाका ४ वटा नयाँ टोल समिति निर्माण गरिएको छ भने अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीका २ वटा टोल समिति नयाँ निर्माण गरिएको जानकारी पनि इञ्चार्ज प्रवीणले दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्