असई गोविन्दको हत्यामा संलग्न एक गिरोह पक्राउ, जवान रामबहादुर पनि मृत भेटिए



कैलाली /०४ कार्तिक ।
कैलालीस्थित जुगेडाको अस्थायी प्रहरी बिटका इञ्चार्ज मृत भेटिएको दुई दिनपछि जवान पनि मृत भेटिएका छन् ।

शनिबार साँझ गस्तीमा गएका असई गोविन्द विक र जवान रामबहादुर रावल दुवै मृत भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।

यसअघि आइतबार असई विक मृत भेटिएपछि गहिरो अनुसन्धान बढाइएको थियो ।

वेपत्ता भएका रावलबारे चासो बढेको थियो । उनको मोहना नदीमा शव भेटिएपछि हत्याको कारण र अभियुक्ततर्फ प्रहरी केन्द्रित भएको छ ।

घटनामा दुईजना प्रहरी मारिएपछि यसको सिधा सम्बन्ध तस्करीसँग रहेको आशंका गर्न थालिएको थियो । तस्करीमा अवरोध गरेपछि उनीहरुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

हालसम्म घटनामा संलग्न रहेको आशंकामा १३ जनालाई प्रहरीले पक्राऊ गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्