नागरिकलाई समान उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमखु हुन नमिल्ने माधव नेपालको भनाई



काठमाडौं /०४ कार्तिक ।
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संकटका बेला सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनु पर्ने बेला नागरिकको उपचार गर्न सक्दिन भनेर सरकारले पन्छिन नमिल्ने बताएका छन् ।

नेता नेपालले विज्ञप्ति निकालेर कोरोना महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने जनाएका हुन् ।

महामारीबाट आक्रान्त भइरहेकाे र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने जनाउ दिनु दुःखद भएको उनको भनाई छ ।

उनले विज्ञप्तिमा भनेका छन् ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखि सबै नागरिकको उपचार गर्नु पर्नेमा आमनागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अबिलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्