खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल



तिर्थराज ज्ञवाली
कार्तिक ४, मसुरीया (देउखुरी दाङ)
राप्ती गाउँपालिकामा सरोकारवाला सहित खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री बितरण सम्बन्धी विषयमा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री बितरण सम्बन्धी मापदण्ड २०७४ मा उल्लेख गरिए अनुसार काम कार्वाहि भए नभएको बारेमा छलफल गरिएको हो ।
आम रुपमा असल उत्पादन अभ्यास अवलम्बन गरीे खाद्य पदाथहरुको स्वच्छता कायम राखि खाद्य पदार्थको व्यापार व्यवसाय गर्दा मानव उपभोग योग्य स्वस्थ, सुरक्षित, गुणस्तरयुक्त खाद्य पदार्थहरु तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्दा उपभोक्ताको हक हित संरक्षण र स्वास्थ्य रक्षा गर्न आवश्यक भएको हुँदा स्थानिय रुपमा पछिल्लो समयमा सरोकार वालाहरुले चासो बढाएका हुन ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती क्षेत्रका उद्योग बाणिज्य संघका प्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
छलफलमा गाउँपालिका भित्र खाद्य प्रशोधन उद्योग, पानी प्रशोधन उद्योग, बधशाला, माछा मासु प्रशोधन, मासु जन्य वस्तुहरुको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग, फलफुल, तरकारी, होटल, रेष्टुरेन्ट, चमेना गृह बाट खाद्य पदार्थ बिक्री बितरण, आयात, निर्यात, भण्डारण लगायतका कार्य गर्ने व्यक्ति वा सस्थाले पसल तथा उद्योग स्थापना गर्दा गाउँपालिकामा दर्ता गरी प्रचलित कानुन बमोजिम अनुमति लिन पर्ने ब्यवस्थालाई समेत कडाई गर्ने बारेमा छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।
छलफलमा स्थानिय रुपमा गाउँपालिकाका सबै प्रकारका खाद्य पदार्थको व्यापार व्यवसाय गर्ने तथा मासु प्रशोधन गरी विक्रि वितरण गर्ने व्यवसायीहरुका लागी पसलबाट खाद्य पदार्थ विक्रि वितरण तथा माछा मासु प्रशोधन, प्याकेजिङ्ग र वितरण के कसरी गरिएको छ र माछा मासु प्रशोधन तथा माछा मासु पसल प्रकृया, प्रशोधित मासु जन्य पदार्थ ढुवानी, खाद्य बस्तुको कच्चा पदार्थ, कच्चा तथा तयारी पदार्थको भण्डारण, भवन, कोठा तथा मेशिनरी औजार सरसफाइ र निसंक्रमण विधि, आगन्तुक र कर्मचारीहरुको सरसफाइ, होटेल रेष्टुरेन्ट लगायतका खाद्य व्यवसायहरुको खाद्य स्वच्छताको मापदण्डका आधारहरुका बारेमा छलफल गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्