जसपा नेपालको केन्द्रीय बैठकले प्रदेश नं ५ बाट विभाग प्रमुख मा विभिन्न व्यक्ति छनौट



कृष्णनगर, कपिलवस्तु, कार्तिक, ४

जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट प्रदेश ५ वाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।

सवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै तत्कालीन समाजवादी पार्टी प्रदेश न ५ प्रवक्ता अकरम पठानले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्