अधिकांश विद्यालयलाई प्याड दिने कुरा थाहै छैन



 

20170605_11335320170605_113333

लमहि, २४  जेठ ।

करिव आठ सय विद्यार्थी अध्यनरत जनता मावि कालाकाटेले अहिले सम्म छात्राहरुलाई महिनावारीहु“दा प्याड दिएको छैन । त्यहाका प्रअ लोकेन्द्र केसिका अनुसार प्याड फाल्ने ईन्सीनेटर प्रभावकारी प्रयोमा आएको छैन । कक्षागत रुपमा सरसफाई हुन्छ । फोहर खाल्टोमा फालिन्छ ।
त्यसैगरी आठसय विद्यार्थी रहेको निमावि दोलहीयाका विद्यार्थी खुला दिसा गर्छन् । एउटा मात्रै शौचालय भएकाले बाहिर जानुपरेको शिक्षिका कल्पना पौडेलको भनाई छ । महिनावारीको त कुरै हुदैन । मावि गंगदीका केश्री घर्ति जानेर पनि व्यवहारमा प्रयोग गर्न नसकिएको स्विकार्नुहुन्छ । ‘गएलफिस र अरु जरिवाना बाट प्याड किनौ कि भनेर मनमनै सोच्छु’ शिक्षीका घर्तिले भन्नुभयो, ‘भन्ने आटै आन्न ।’
त्यसो त निमावि चन्दनपुरलाई पनि छात्राको पढाई महिनावारीले प्रभाव पारेको महशुस भएको छ । प्रअ नरबहादुर डिसीका अनुसार तिन सय विद्यार्थी रहेको विद्यालयमा दुई चार जनाको पढाई छुटेकै हुन्छ । त्यो समस्या महिनावारीको समस्याले हो भन्ने थाह छ । समाधान बारे सोचिएको छैन ।
‘प्याडको कुरा थाहै छैन’ मावि सोनपुरका शिक्षक चेतलाल चौधरी भन्नुहुन्छ ‘दुई तिन दिन विद्यालय छोड्छन् । साथिलाई भनेर घर जान्छन् । उनिहरु शिक्षकलाई सोध्न समेत लाज मान्दै आएका छन् ।’ त्यसो त उनिहरुलाई विद्यालयमै रहने सहज वातावरणका बारेमा कसैको सोच पुगको छैन । छात्र भन्दा छात्रा कमजोर हुन्छन् । किन भने हरेक महिना उनिहरु विद्यालय छोड्नुपर्छ ।
तेह्रसय विद्यार्थी रहेको मावि फलकापुरमा प्याड जलाउने ठाउ“ शौचालयमा ईन्सिनेटर जोडेर बनाएको छ । विद्यालयका प्रअ टोपाराम भट्टराईका अनुसार फेर्ने प्याड दिईएको छैन । त्यसैले ईन्सेनेटरकोकाम छैन । खिमबहादुर शाह माविमा पनि जलाउने व्यवस्था छ प्याडदिने गरीएको छैन । शिक्षिका उषा भण्डारीका अनुसार सात सय विद्यार्थी अध्यनरत विद्यालयमा लाईन बसेर शौचालय जानुपर्छ । चाहेअनुसार सफा छैन । महिनावारी भएपछि घर फर्किन्छन् ।
मावि पचहैयामा खानेपानीको सुविधा छैन । प्रअ बुदिराज चौधरीका अनुसार नजिकका कुवामा बालटी लुकाई दिन्छन् । पानी माग्न जाने ठाउ नभएपछि पानी खानकै लागि कति विद्यार्थी घर फर्किन्छन् । त्यहा“ महिनावारी व्यवस्थापन सोच्न पनि सकिन्न । शिक्षिका सविता चौधरीका अनुसार महिनावारी हुने वित्तीकै घर पठाउने हो । शौचालय पनि प्रयोग गर्न लाएक छैनन् । निमावि भौकामा पनि पानीकै समस्या छ । प्रअ विरही चौधरीका अनुसार घर बाट बोतलमा ल्याउनु भनेर पानी खुवाउने हो । प्याड जलाउने ईन्सिनेटर छ । विद्यालयले प्याड दिदैन । फेर्ने ठाउ समेत छैन ।
आदर्श मावि देउपुरले आफ्नै खर्च बाट प्याड दिन सक्ने अबस्था नरहेको बताएको छ । प्रअ शसीधर ज्ञावालीका अनुसार करिव अठार सय बढि विद्यार्थीछन् । कोचिङ र ट्यूसन पढ्दा दिनैभरी जसो विद्यालय चलेको हुन्छ । पानी मात्रै महिनाको दश हजार जति विल आउछ । दैनिक दश १५ जना छात्रा घर फर्किन्छन् । उनिहरुलाई चेन्जिङ रुम सहितको सुविधा सम्पन्न शौचालय जरुरी छ ।
आफ्नै खर्चले प्याड दिने नमुना विद्यालय पनि छन् । सर्बोदय मावि सिस्हनियमा तिन चार बर्ष अघि देखि विद्यालयमा छात्राहरुलाइ प्याडको व्यवस्था गरेको गर्दै आएको छ । प्रअ गोविन्द बहादुर के सीका अनुसार त्यसको फाईदा छात्राहरु अनुपस्थित हुन छोडेका छन् । शिक्षीका ज्ञानकुमारी चौधरीका अनुसार विद्यालयले मासिक १५ सय जति प्याडमा खर्च गर्छ । शुरुमा किशोरी शिक्षाले दिएको थियो । अहिले विद्यालयको आफ्नै खर्च बाट व्यवस्थापन गरेको छ ।
निमावि खर्दरीयामा पनि गत बर्ष देखि महिनावारीको बखत विद्यालयले प्याड दिने व्यवस्था गरेको छ । शिक्षिका विन्दु यादवका अनुसार प्याड दिन थालेपछि पहिलाका जस्ता छात्राका समस्या छैनन् । अन्य कारण बाहेक महिनावारीका समस्याले कोहि पनि छात्रा घर फर्किदैनन् । रेडक्रसले प्याडको व्यवस्था गरेपनि मावि गोबरडिहाका छात्राहरुमा प्याड माग्ने चलन बसेको छैन । प्रअ सुयृ प्रकाश वर्माका अनुसार लाज र डर दुबै मान्छन् । उनिहरुले विस्तारै वानी वसाल्छन् ।
सरसंग कुरा राख्न नसकि मेडमलाई सुटुक्क भनेर विद्यालय छोड्ने वालवालिका धेरै रहेको खिमबहादुर शाह मावि कोलहीका प्रअ रामप्रसाद खानालले बताउनुभयो । महिनावारी भएकै कारण पढाई छोडने वातावरण नहोस भनेर सबै लाग्नुपर्छ । उहा भन्नुहुन्छ गाउपालका नगरपालिकाले सहयोग गर्नुपर्छ ।
सबै घरमा सन्देश जाने माध्यम विद्यालयहो । कार्यक्रामका अध्यक्ष एवं खानेपानी तथा सरसफाइ डिभिजन कायाईलका डिई चोक प्रसाद धितालले भननुभायो, ‘सबैले छोडेको, कसैले महत्व दिन नसकेको विषय हो’– उहाले थप्नुभयो, ‘जान्दै नजानेको होईन व्यवहारमा उतार्न नसकिएको मात्रै हो । जनचेतना छैन भन्ने होईन ।’ धितालका अनुसार अरु कतै बाट भएपनि प्याड सहयोग दिनुपर्छ । खानेपानी असुविधा भएका विद्यालयमा आफुहरुले सहयोग गर्ने धितालको भनाई थियो ।
अठारौ राष्टिय सरसफाई सप्ताहको सन्दर्भमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सोमवार लमहिमा विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिकाका लागि एक दिने पुर्ण सरसफाइ कार्यक्रम गरेको थियो । पुर्ण सरसफाइ युक्त शहर र गाउ, सबै दाङवासी मिलेर सफा र स्वच्छ बनाऔ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा डिभिजन कार्यालयका इन्जिनियर एवं जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । सहभागिलाई कपडाको प्याड बनाउने तरीका सव ईन्जिनियर ईन्द्र बहादुर बस्नेत, प्राविधिक तिल बहादुर केसि र महिला कार्यकर्ता शान्ता घर्ति लगाएतले सिकाउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्