आइपिएलमा कोलकातामाथि बैंगलोरको शानदार जीत



काठमाडौं /०६ कात्तिक।
यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सहज जीत हात पारेको छ ।

सातौं जीत निकाल्ने क्रममा उसले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हरायो ।

खराब प्रदर्शन गरेको कोलकाताले दिएको ८५ रनको सामान्य लक्ष्य बैंगलोरले १३.३ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर देवदत्त पडिक्कलले सर्वाधिक २५ रन बनाए भने गुरकिरत सिंह मान २१ रनमा अविजित रहँदा कप्तान विराट कोहलीले पनि अविजित १८ रन बनाए । कोलकाताका लकी फर्गुसनले १ विकेट हात पारे ।

यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । सुरुवातदेखि नै धर्मराएको कोलकाताको पारीलाई कप्तान इयान मोर्गानले केही हदसम्म भएपनि सम्हाले ।

मोहम्मद सिराजले एकै ओभरमा राहुल त्रिपाठी र नितिश राणालाई आउट गरेपछि दबाबमा आएको कोलकाताका ओपनर शुभमन गिल पनि आउट भएपछि कोलकाता ३-३ को अवस्थामा पुगेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्