द लाखे ब्याण्डले दशैंमा प्रचलित रहेको मालश्री धुनलाई आफ्नो ब्याण्डका सदस्यमार्फत् प्रस्तुत



५ कात्तिक, काठमाडौं । बडादशै सुरु भएसँगै दशैं धुनहरु गुञ्जन थालेका छन् । द लाखे ब्याण्डले पनि दशैंमा प्रचलित रहेको मालश्री धुनलाई आफ्नो ब्याण्डका सांगीतिक सदस्यमार्फत् प्रस्तुत गरेको छ । मालश्री धुनको फ्युजन ट्रयाक केही समय अघि नै ब्याण्डले तयार गरिसकेको थियो ।

परम्परागतरुपमै प्रचलन रहँदै आएको मालश्री धुनलाई ब्याण्डका प्रमुख नवरस श्रेष्ठले थोरै थपघट गरेका छन् । धुनको मिक्सिङ, मास्टरिङ र भिडियोको सम्पादन नवरसले नै गरेका हुन् ।

सन् २००७ सालमा स्थापना भएको ब्याण्डको गिटारमा नवरस श्रेष्ठ, लसन तुलाधर, दीपेन शाक्य र बेसमा प्रमोद आचार्य, ड्रममा इन्द्रमान महर्जन सदस्य रहेका छन् । ब्याण्डले सुरुवातमा नेवा मेटल ब्याण्डको परिचय बनाएको थियो । तर ब्याण्डमा अहिले क्लासिकल, रक तथा मेटल संगीतको प्रभाव रहेको पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्