२१ राजनीतिक दलको बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप,नरबहादुर कार्की पक्राउ



६ कातिर्क,काठमाडौ । २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांन्तिपूर्ण कार्यक्रम आयोजना गरिएकोमा प्रहरीद्धारा उक्त कार्यक्रममा हस्तक्षेप गरी नर बहादुर कार्कीलाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गर्दै सी पी गजुरेलद्धारा वक्तव्य प्रकाशित गर्नु भएको छ । कोभिड १९ का विरामीहरुको निःशुल्क उपचार सम्वन्धी विषयमा विद्यमान संविधानव्दारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दवाव सिर्जनागर्नका लागि २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांतिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो । २१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएका नर बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको२१दलिय मोर्चाको तर्फबाट द्दोर भत्र्सना गरिएको छ। सरकारले शान्तीपुर्ण तवरले भेला जुलुश गर्न पाउने संबिधान प्रदत्त अधीकारको समेत धज्ज्ी उडाएको २१ दलीय गठबन्धनमा आबद्द नेकपा(माओबादी)का संयोजक बिमल अधीकारीले थाहा अनलाइनलाई बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्