देउखुरीकाे पाखापानी, लालमटिया, मौरीघाट र पत्थरगढवा बजार अनुगमन



ओमप्रकाश गुप्ता, भालुवाङ ६ कार्तिक ।
दाङको राप्ती गाउँपालिकाले सुरु गरेको बजार अनुगमनको विहिवार दोस्रो दिन पाखापानी, लालमटिया, मौरीघाट र पत्थरगढवा बजार अनुगमन गरेको छ । दशैं तिहार जस्ता महत्वपुर्ण चाडपर्वका समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव व्यवसायी गाउँपालिकामा दर्ता तथा नवीकरण गरे नगरेको र कोरोना महामारीका बेला अपनाइने स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको बिषयमा अनुगमन गर्न सुरु गरेको हो ।

यसै क्रममा विहिवार बिहान देउखुरीको राप्ती गाउँपालिका वडा १ पाखापानी, वडा नम्बर २ को लालमटिया, वडा नम्बर ४ को मौरीघाट र वडा नम्बर ६ को पत्थरगढवा चौबाटो बजारको अनुगमन गरिएको छ । ती बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, मेडिकल, होटल, कस्मेटिक तथा व्युटीपार्लर, डेरी, मासु पसल, एग्रोभेट, तरकारी तथा फलफूल पसल गरि ४३ वटा भन्दा बढी पसलहरुको अनुगमन गरिएको छ । जसमा पाखापानी, लालमटिया र मौरीघाट बजार क्षेत्रमा १७ वटा पसलको अनुगमन गरिएको बजार अनुगमन समिति भालुवाङका संयोजक नारायण राउतले जानकारी दिएका छन् । त्यस्तै पत्थरगढवा बजार क्षेत्रमा २६ जना पसलको अनुगमन गरिएको बजार अनुगमन समिति सिसहनियाँका संयोजक महेश अधिकारीले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मूल्य सुची नराखेको, केही व्यापारीहरुले सामाजिक दुरी कायम नगरेको तथा पसल सञ्चालकले मास्क प्रयोग नगरेको, सावुनपानीले हात धुने व्यवस्था नमिलाएको, दुवै बजार क्षेत्रका ५० प्रतिशत भन्दा बढी व्यापारी तथा व्यवसायीले गाउँपालिकामा फर्म दर्ता तथा नविकरण नगरेको, केहि पसलमा म्याद गुज्रेको समान फेला परेको, केहि होटलहरुमा सरसफाईको कमी रहेको पाइएको अनुगमन समितिका संयोजक अधिकारी र राउतले जानकारी दिएका छन् ।

पाखापानी, लालमटिया र मौरीघाट क्षेत्रमा गरिएको बजार अनुगमनमा नारायण राउतको अगुवाईमा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रशासन प्रमुख विकास ज्ञवाली, सुचना प्रविधि अधिकृत बालचन्द्र गुरुङ, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक खड्कबहादुर खत्री, भालुवाङ होटल व्यवसयी समितिका अध्यक्ष महेश बेल्वासे, वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरी , ८ का अध्यक्ष गोकर्णबहादुर राना , पशु प्राविधिक शेरबहादुर हमाल रिजाल र पत्रकार महेश रिजाल लगायतको उपस्थिति रहेको थियो ।

भने पत्थरगढवा बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा महेश अधिकारीको अगुवाईमा गाउँपालिकाका कम्पुटर अपरेटर सुवास भट्टराई, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री , ३ का वडा अध्यक्ष चन्दर चौधरी, प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल, पत्रकार ओमप्रकाश गुप्ता, गाउँपालिका कार्यालय सहयोगी झविलाल सुवेदी लगायतको उपस्थिति रहेको थियो । अनुगमनको सुपरिवेक्षकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्