कोरोना संक्रमणबाट लमहीका एक पुरुषको काेहलपुरमा मृत्यु



ओमप्रकाश गुप्ता, देउखुरी ६ कार्तिक । देउखुरीको लमही नगरपालिका–५ का एक पुरुषको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ । लमही बजारमा घर भएका ५५ वर्षीय पुरुषको बिहिबार साँझ करिब ४ः५० बजेको समयमा बाँकेकाे काेहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन् ।
घरमा बसि रहेका ती पुरुषको पिसीआर परिक्षण गर्दा गत असोज २७ कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

लक्षण सहितको कोरोना संक्रमण देखिएको ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी सुगर र प्रेसरकाे विरामी रहेकाे बताइएकाे छ । असोज २७ गते कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएदेखी नै कोहलपुर मेडिकलमा भर्ना भएका उनको विहिवार मृत्यु भएको हो । उनको बाँकेमा निधन भएकाले सोहि जिल्लामा अद्यावधिक हुने जानकारी दिएका छन् । मृतक पुरुषको शव व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । यस अघि पनि गएको मंगलबार सोही वडाकै होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । योसंगै लमही नगरपालिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्