दाङ, प्युठान र अर्घाखाँचीको राप्ती नदी दोभानमा अन्त्येष्टि प्रतिक्षालय बनेपछि स्थानीय खुसी

सांसद चौधरीद्धारा अन्त्येष्टि प्रतिक्षालयको उद्घाटन


ओमप्रकाश गुप्ता गुप्ता, भालुवाङ ६ कार्तिक । दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैते स्थीत दाङ, प्यूठान र अर्घाखाँची जिल्लाको राप्ती नदी दोभानमा स्थानीयहरुको सहयोगै सहयोगमा अन्त्येष्टि प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएको छ ।

विभिन्न उद्योगी, व्यपारी, निर्माण व्यवसाय, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयबासीहरुको करिव ७ लाख बढीको सहयोगमा उक्त ४ कोठे पक्की अन्त्येष्टि प्रतिक्षालय निर्माण सम्पन्न भएको हो ।

दाङ, प्युठान र अर्घाखाँचीका विभिन्न ६८ जना व्यक्तिहरुको नगद तथा जिन्सी सहयागबाट ७ लाख ३७ हजार ७ सय ३५ रुपैयाँको लागतमा उक्त अन्त्येष्टि प्रतिक्षालय निर्माण सम्पन्न भएको प्रतिक्षालय निर्माण आर्थिक समितिका संयोजक नेत्र खनालले जानकारी दिएका छन् । सो प्रतिक्षालय निर्माणका लागि सवै भन्दा ठुलो राशीको सहयोेग काष्यव निर्माण सेवा प्रालिका सञ्चालक हरिप्रसाद खनालले १ लाख २ हजार ७ सय ३४ र राप्ती उद्योगा वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले ७० हजार नगद सहयोग गरेको संयोजक खनालले जानकारी दिए ।

प्रतिक्षालय निर्माण भएपछि दाङको राप्ती गाउँपालिका वडा नम्बर १, २, ९ र बंगाचुली गाउँपालिकाको वडा नम्बर ७ तथा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीयबासीहरु प्रत्यक्ष लाभन्दित भएका छन् ।

यसै बीच उक्त अन्त्येष्टि प्रतिक्षालयको विहिवार एक कार्यक्रमका बीच विधिवद उद्घाटन गरिएको छ । राप्ती दोभान अन्त्येष्टि प्रतिक्षालय निर्माण समितिका अध्यक्ष मेघप्रसाद न्यौपानेको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य सांसद गंगा चौधरी सत्गौवाको प्रमुख आतिथ्यतामा उक्त प्रतिक्षालयको उद्घाटन गरिएको हो ।

प्रतिक्षालय उद्घाटन गर्दै सांसद चौधरीले राज्यको लगानी बिना सहयोगै सहयोगमा प्रतिक्षालय निर्माण गर्नु अत्यन्तै स्वागतयोग्य कार्य भएको भन्दै प्रसंसा गरेकी थिइन् । उनले यो कार्यले सिंगो राज्यलाई चुनौती समेत मिलेको भन्दै जनमैत्री कार्यमा जनप्रतिनिधिहरुको सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा नेकपा राप्ती गाउँपालिका इन्चार्ज तथा विशिष्ट सहयोगदाता किरण भण्डारी, सरुमारानी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष बसन्तबहादुर जिसी, सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकेश आले, सरुमारानी गाउँपालिकाका वडा नम्बर २ का वडा सदस्य मिन्टुकुमार गुरुङ, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका सचिव टोपबहादुर झार्की, विशिष्टदाता तथा स्वास्थ्यकर्मी प्रकाश विष्ट र विशिष्ट सहयोगदाता धर्मराज भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतिक्षालय निर्माण समितिका सदस्य अमर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिक्षालय निर्माण आर्थिक समितिका संयोजक नेत्र खनालले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्