मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण



हटौंडा । पछिल्लो चरणमा उच्चतहका व्यक्तिहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले दिएको जानकारी अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा बसेका थिए ।

कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएकापछि उनलाई बिहीबार कोरोना पुष्टि भएको हो । पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रेस संयोजक दाहालले बताए । ‘मुख्यमन्त्रीज्यूलाई सामान्य रूघाखोकी छ । उहाँ अहिले निवासमै हुनुहुन्छ,’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्