‘शत्रु गते’मा दीपाश्रीसँग हरिवंशको ठुम्का



सैघाली खबर
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली फिल्म ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । केहीदिन अगाडि मात्र बौद्धस्थित समता अस्पतालमा छायांकन गरिएको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन् ।
गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा ठुम्का लगाएका छन् । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्