पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप २६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० रहेको थियो ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।

यस्तै मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८/२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६/१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०/१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७/७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६/६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५/५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४/४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३/३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २/२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्