विजयादशमीको अवसरमा सिसहनियाँ बजार सरसफाई



ओमप्रकाश गुप्ता, सिसहनियाँ ७ कार्तिक विजयादशमीको अवसरमा दाङ देउखुरीको सिसहनियाँ बजार शुक्रबार सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको अायोजनामा प्रहरी चौकी सिसहनियाँ र थानेश्वर अटो यातायातका मजदुरको सक्रियतामा विहान  सिसहनियाँ बजारमा सरसफाई गरिएको हो ।

बजार फोहोर हुन थालेपछि बजारलाई सफा सुन्दर बनाउन  सरसफाई गरिएको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक बत्तीकुमार पोख्रेल, देउखुरी टुडेका प्रकाशक/ सम्पादक सन्तोषकुमार गुप्ता, चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता, प्रहरी जवानहरू, यातायात मजदुरहरू र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्