समाचार

श्रीमतीले – श्रीमानको मासु खाएपछि

By थाहा अनलाइन

December 29, 2017

सैघाली खबर दाङ , १४ पुस । श्रीमानको मासु श्रीमतीले खाईन भनेर कसैले विश्वास गर्न सक्छ । तर दाङमा यस्तै अपत्यारिलो घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १ भमके निवासी ६४ बर्षीया रिसमी महतराले आफ्नै ६४ बर्षीय पति चन्द्रबहादुर महताराको चारवटा औला काटेर खाएको रहस्य खुलेको छ ।

श्रीमती रिसमीले बुधवार साँझ श्रीमानको चारवटा औंला काटेर पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिनु भयो।

मदिराले मातेर आएका चन्द्रबहादुरलाई समातेर गरासीले चारवटा औंला काटेर पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।

‘दायाँ हातको बुढी औंला बाहेक अन्य सबै औंला गराँसीले काटेर पोलेर खाएकी हुँ । रिसमीले भनिन्

घाईते चन्द्रबहादुरलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विहीवार विहानै हलपुर रेफर गरिएको छ । विहीवार विहान ६ बजे मात्रै चन्द्रबहादुरलाई उपचारकालागि तुलसीपुरको अञ्चल अस्पतालमा ल्याएपछि घटना सार्वजनिक भएको हो ।

श्रीमानले मदिरा सवेन गरि यातना दिने गरेको र वारम्वारको यातना सहन गर्न नसकी आवेगमा आएर आफुले पतिको औंला काटेर पोलेर खाएको भन्ने वयान रिसमीले प्रही समक्ष दिएकी छन्