नवलपरासीमा सशस्त्र प्रहरीले दुई लाख भन्दा बढि मूल्य बराबरको मोबाइल नियन्त्रणमा



रबिन्द्र यादव

नवलपरासी पश्चिमको भारतीय सिमा क्षेत्रबाट २ लाख ५ हजार ८ सय मुल्य बराबरको अबैध मोबाईल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रवार सुस्ता गाउँपालिका वडा नं.५ नन्दनगर स्थित लुकाई छिपाई भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रुपमा ल्याउदै गरेको २१ थान (रियल्मी सी ११) मोबाईल सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

उक्त मोबाइल मानिसहरुले मोटरसाईकलमा राखी ल्याउदै गर्दा सशस्त्र प्रहरीको टोलीलाई देखेर मोबाइल फाली भागेका थिए । नियन्त्रणमा लिएको मोबाईल आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण नवलपरासी पश्चिमका सुचना अधिकारी रोशन घिमिरेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्