बाबुलाई छतबाट फालेर हत्या गर्ने छोरा पक्राउ



घोराही । आफ्नै बाबुलाई घरको छतवाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका वडा नं २ निवासी २२ वर्षीय छोरा बीरबहादुर विकलाई शनिबार बिहान आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतवाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रवार राति पौने १२ बजेतिर घरायसी सामान्य विवादका क्रममा छोराले बाबुलाई घरको छतवाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना बारे प्रहरीलाई शनिवार बिहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्