बाबुराम र हिसीला यमीलाई कोरोना संक्रमण



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना पुष्टि भएको छ ।  डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । चिकित्सकहरुको सल्लाहबमोजिम हामी होम आइसेलनमा नै रहनेछौं ।

केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,” उनले लेखेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्