कोरोना कहरका बिच साउदीबाट ९८ शव नेपाल ल्याइयो



काठमाडौं । साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन् । साथै ९८ शव पनि फिर्ता ल्याइएका छन् ।

स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ ।

उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले गर्नुको साथै नियमित रूपमा ट्रान्जिट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा, सलाम एरलाइन्सले समेत आफ्नो उडान चालु गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्