राप्ती गाउँपालिकाका सञ्चारकर्मीहरूको दशैमिलन कार्यक्रम



जहाँ सञ्चारमाध्यम छ, त्यहाँ विकास हुन्छ
भालुवाङ ८ कार्तिक । विजयादशमी तथा दीपावलीको अवसरमा दाङको राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरूको अायोजनामा शुभकामना अादान प्रदान तथा दशैमिलन कार्यक्रम शनिवार सिसहनियाँमा सम्पन्न भएको छ ।

देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् पुराना तथा अग्रज पत्रकार अर्जुन अधिकारीको प्रमुख अातिथ्यता र देउखुरी टुडे डटकमका सम्पादक होमप्रसाद शर्माको विशिष्ट अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सञ्चारमाध्यम भएको ठाउँमा विकास हुने भएकाले विकास निर्माणबाट पछाडि परेको ठाउँमा सञ्चारमाध्यमको स्थापना हुन अावश्यक रहेको बताएका थिए ।

साथै वक्ताहरूले क्रियाशिल पत्रकारहरूलाई खोजी पत्रकारिता तर्फ कलम चलाउन सुझाव दिएका थिए । उनीहरूले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रलाई केन्द्र  बनाएर तोकेको हुँदा पत्रकारले अाफ्नो स्तर बढाउनु पर्ने पनि बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सञ्चारकर्मीहरू तुलबहादुर कंवर मगर, अन्शु बोहरा, रितु राना, हरि कुमाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । देउखुरी टुडेका प्रकाशक/ सम्पादक सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कमल गिरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्