कोरोनाको गाउँघर : दशैँमा पनि छैन खासै रमाइलो (फोटोफिचर)



सीता रेग्मी,खोटाङ्ग /०८ कार्तिक।
महान चाड बडादशैंको आठौं दिन आज महाष्टमी पर्व मनाइँदै छ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँछन् ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

विगतका बर्षमा ग्रामिण भेगमा दशैँ तिहारको पूर्वसन्ध्या एकदमै रमझम हुने गर्थ्यो तर यसपाली कोरोनाको असर गाउँको चाडवाडमा पनि देखिएको छ। विगतका वर्षहरुमा झैँ उमङ्ग छैन।

यसै बीच दशैँ अगाडी ग्रामिण भेगमा यस्तो दृश्य देखिएको छ।

फोटो : सीता रेग्मी / थाहा अनलाइन

ठेकीमा दहि मथेर निकालिएको नौनी घिउ
नौनी खार्दै
महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिँदै
कुभिन्डो र स्कुसको मस्यौरा बनाउने तयारीमा
खोटाङ्गको प्रसिद्व रावाखोला किनारमा धान झुल्दै
दशैँका लागि सुकेको घाँस परालको जोहो गर्दै स्थानिय
बाटो तथा गोरेटो खनेर चिटिक्क
घाँसको जोहो गर्दै
निबुवा पेल्ने कोल र निबुवा पेलेर बाकि रहेको छोक्रा
गाईभैँसी
कोदोबारी

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्