कोलकातासित दिल्लीले हारेको क्षण



नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । शनिबार साँझ भएको खेलमा दिल्ली कोलकातासँग ….रनले पराजित भएको हो । कोलकाताले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा … विकेट गुमाउँदै मात्र …रन जोड्न सक्यो । दिल्लीका लागि कप्तान श्रीयस अर्ययरले सर्वाधिक ४७ रन जोडे । उनले ३८ बलमा ५ चौका प्रहार गर्दै ४७ रन जोडेका हुन् ।

त्यस्तै विकेटकीपर ब्याट्सम्यान रिषभ पन्तले २७ रन जोडे । उनले ३३ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २७ रन जोडेका हुन् । खराब सुरुवात गरेको दिल्लीले तीन ओभरमा टोलीको मात्र १३ रन हुँदा ओपनर ब्याट्सम्यानद्धोय अजिङ्गे रहाणे र शिखर धवनलाई गुमाएको थियो ।

धवन शुन्य रनमा पेभिलियन फर्किदा रशाणे ६ रनमा पाट कुमिन्सको बलमा बोल्ड आउट भएका थिए । सिम्रोन हेटमायर १०, मार्कुस स्टोइनिस ६, कागिसो रबाडा ९, अक्सर पटेल ९ र तुसार देसपाण्डे १ रनमा पेभिलियन फर्किए । रभिसचन्द्र आश्विन १४ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्न वरुन चक्रवर्तीले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै मात्र २० रन खर्चेर पाँच विकेट लिएका हुन् । त्यस्तै पाट कुमिन्सले तीन तथा फेर्गुसनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९४ रन जोडेको थियो । खराब सुरुवात गरेको कोलकाताका लागि नराइन र रानाले अर्धशतकीय पारी खेल्दै कोलकाताको पारी सम्हालेका थिए ।

दुबैले अर्धशतकीय पारी खेल्दै ११५ रनको साझेदारी गरेका थिए । नराइनले ६४ रनको योगदान दिए । उनले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रानाले ८१ रनको योगदान दिए । उनले ५३ बलमा १३ चौका र एक छक्का प्रहार गर्दै ८१ रनको योगदान दिएका हुन् । राहुल त्रिपाठीले १३ रन जोड्दा सुभमन गिल ९ र दिनेश कार्तिक तीन रनमा पेभिलियन फर्किएका थिए ।

कप्तान इयोन मोर्गन १७ रनमा अविजित रहे । दिल्लीका लागि एन्रिच नोट्र्जे, मार्कुस स्टोइनिस र कागिसो रबाडाले समान दुई–दुई विकेट लिए । यस जितसँगै कोलकाताले आफ्नो प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । ११ खेल खेलेको कोलकाताले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । यता पराजित दिल्ली भने ११ खेलबाट सात खेलमा जित सहित १४ अंक जोडर दोस्रो स्थान यथावत छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्