कोरोना सुरु भएदेखि विदेशबाट कति नेपाली घर आए ?



काठमाडौं । कोरोना सुरु भएदेखि शनिबारसम्म विदेशबाट १ लाख २० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख २० हजार ८२९ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करीब ५ महिना पछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्