कञ्चनपुरको पुर्नबासमा छोराले गरे आफ्नै आमाको बीभत्स हत्या



कञ्चनपुरको पुर्नबासमा छोराले आफ्नै आमाको बीभत्स हत्या गरेका छन् । पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आमा ५७ बर्सिया पार्वती बादीको धारिलो हतियार र चिर्पट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

बेलुका करिब पौने ८ बजे सामान्य घरायसी विवाद पछि कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन । लगत्तै स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई धनगढीको सेती अस्पताल पुगाए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दसैँको मुखैमा भएको यस्तो बीभत्स घटनाले सुकुम्बासीटोल शोकमग्न बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्