पूर्वराजा निस्किए पश्चिम भ्रमणमा



सैघाली खबर
बाँके, १४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगन्ज आएका छन् । उनको निजी भ्रमणमा पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी पनि सहभागी छन् ।

पूर्वराजपरिवार १५ दिने मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमणमा रहेको निकटस्थहरूले जनाएका छन् । पूर्वराजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे चारतारे होटलको बिहीबार साँझ पूर्वराजा ज्ञानेन्द्रले उद्घाटन गरेका थिए ।

यसक्रममा उनका समर्थकहरूले राजपरिवारको पक्षमा केही बेर नारासमेत लगाएका थिए । ज्ञानेन्द्रनिकट ऋषि देवकोटाका अनुसार बाँकेपछि बर्दिया र सुदूरपश्चिमका विभिन्न जिल्लामा भ्रमण गर्ने कार्यक्रम छ । ‘उहाँहरूको निजी भ्रमण हो । मठमन्दिरको दर्शन र शुभचिन्तकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्